PahiloPost

Jul 30, 2026 | १४ साउन २०८३

म्यान्मारमा डुंगा पल्टिँदा १३ तीर्थयात्रीको मृत्यु



रासस

याङ्गुनः म्यान्मारको मन्डाले क्षेत्रमा तीर्थयात्री चढेको डुंगा बुधबार दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ। डुंगा दुर्घटनामा एक जना तीर्थयात्री बेपत्ता भएका छन्।

म्यान्मारको गृह मन्त्रालयले सो डुंगामा २५ जना तीर्थयात्री रहेको जानकारी दिएको छ। महालाइङ नगरस्थित एउटा बौद्ध बिहारमा गइरहेका बेला सार ताउङ (जिता) भन्ने ठाउँमा डुंगा पल्टिएको थियो।

म्यान्मारी गृह मन्त्रालयको विज्ञप्तिमा उद्धार गरिएका ११ जना तीर्थयात्री सकुशल रहेको उल्लेख छ। डुबेका १३ जना तीर्थयात्रीको शव निकालिएको पनि गृह मन्त्रालयको विज्ञप्तिमा जनाइएको छ।

गृह मन्त्रालयका अनुसार डुंगाका चालकलाई जीवितै उद्धार गरिएको थियो। उद्धार गरिएपछि डुंगा चालक भागेकाले उनको खोजी भइरहेको स्थानीय प्रहरीले जानकारी दिएको गृह मन्त्रालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell