PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

फिफा वरीयतामा नेपाल एक स्थान तल



पहिलोपोस्ट

फिफा वरीयतामा नेपाल एक स्थान तल

काठमाडौं :  फिफा वरीयतामा नेपाल एक स्थान तल झरेको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीवार जारी गरेको नयाँ वरीयतामा नेपाल एक स्थान तल झर्दै १६६औं स्थानमा पुगेको हो।

अघिल्लो महिना पनि नेपाल चार स्थान तल झरेर १६५औं स्थानमा पुगेको थियो।

दक्षिण एसियामा भने नेपाल, भारत र माल्दिभ्सपछि तेस्रो स्थानमै छ। दक्षिण एसियामा भारत सबैभन्दा माथि १०३औं  र माल्दिभ्स १५२औं स्थानमा छ। भारत दुई स्थान र माल्दिभ्स एक स्थान तल झरेको हो।

यस्तै  बंगलादेश एक स्थान सुधार गर्दै १८२औं स्थानमा उक्लेको छ भने,भुटान १८६औं स्थानमा यथावत छ। श्रीलंका एक स्थान सुधार गर्दै २००औं स्थानमा उक्लेको छ भने पाकिस्तान पनि एक स्थान सुधार गर्दै २०४औं स्थानमा उक्लेको छ।

यस्तै विश्व वरीयतामा भने बेल्जियम शीर्ष स्थानमा यथावत छ। घरेलु मैदानमा भएको कोपा अमेरिकाको उपाधि जितेको ब्राजिल दोस्रो स्थानमा उक्लेको छ। विश्व च्याम्पियन फ्रान्स तेस्रो स्थानमा झरेको छ।

इंग्ल्याण्ड चौथो स्थानमा यथावत छ भने उरुग्वे ३ स्थान सुधार गर्दै पाँचौ स्थानमा उक्लेको छ।

एक-एक स्थान तल झरेका पोर्चुगल र क्रोएसिया क्रमश: छैटौँ र सातौँमा छन्। कोलम्बिया पाँच स्थान सुधार गर्दै आठौँ स्थानमा उक्लेको छ भने स्पेन दुई स्थान तल झर्दै नवौँ स्थानमा पुगेको छ। अर्जेन्टना एक स्थान सुधार गर्दै शीर्ष दशमा पर्न सफल भएको छ।

कोलम्बया र अर्जेन्टिनाले शीर्ष दशमा प्रवेश पाउदा स्वीट्जरल्याण्ड र डेनमार्क शीर्ष दशबाट बाहिरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell