PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

तीन नेपाली जुडो खेलाडीले ताइपेईमा खेल्ने



पहिलोपोस्ट

तीन नेपाली जुडो खेलाडीले ताइपेईमा खेल्ने

काठमाडौं : नेपालका ३ जुडो खेलाडीले चाइनिज ताइपेईमा हुने अन्तर्राष्ट्रिय स्तरको जुडो प्रतियोगिता खेल्ने भएका छन्।

नेपाली खेलाडी मनिता श्रेष्ठ प्रधान, इन्द्र बहादुर श्रेष्ठ र मोहम बामले यही जुलाई २७ देखि ३० सम्म ताइपेईमा हुने एसिया ओपन क्याडेट एण्ड जुनियर जुडो च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने छन्।

यस्तै अगष्ट ३-४ मा ताइवपेईमै हुने ताइपेई एसियन जुडो ओपन च्याम्पियनसिपमा समेत उनीहरुले भाग लिने नेपाल जुडो संघले जनाएको छ।

टोलीको प्रशिक्षकमा दिपक कृष्ण श्रेष्ठ छन् भने संघका अध्यक्ष दिपक हर्ष बज्राचार्य पनि टोलीसँगै जानेछन्।

नेपाली टोलीलाई बिहीवार सांसद तथा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवन राम ङेष्ठले बिदाई गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell