PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

दुई स्केटबोर्ड खेलाडी प्रशिक्षणका लागि चीन जाने



पहिलोपोस्ट

दुई स्केटबोर्ड खेलाडी प्रशिक्षणका लागि चीन जाने

काठमाडौं : दुई नेपाली स्केटबोर्ड खेलाडी युथ क्याम्पमा हसभागि हुन चीन जाने भएका छन्।

यही जुलाई २८ देखि अगष्ट १० सम्म चीनको नान्जिङमा हुने एसियन स्केटबोर्डिङ क्याम्प (स्ट्रिट एण्ड बो) ट्रेनिङ क्याम्पमा सहभागि हुन नेपालबाट बसन्त राई र पेम्बा शेर्पा जान लागेका हुन्।यस्तै प्रशिक्षकमा उज्वल डंगोल छन्।

ट्टीन सदस्यीय टोलीलाई बिहीवार सांसद तथा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवन राम ङेष्ठले बिदाई गरेका छन्।

इन्टरनेशनल ओलम्पिक काउन्सिल (आइओसी)को ओलम्पिक सोलिडारिटी अन्तर्गत ओलम्पकि काउन्सिल अफ एसिया (ओसिए) ले यस क्याम्पको आयोजना गर्न लागेको हो।

ओसिएको ४५ वटै सदस्य राष्ट्रलाई १८ वर्ष भन्दा कम उमेरका खेलाडी र एक जना प्रशिक्षक क्याम्पमा पठाउन ओसिएले आग्रह गरेको छ। त्यसै अनुसार नेपाली खेलाडी पनि ट्रिनङ क्याम्पमा सहभागि हुन जान लागेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell