PahiloPost

May 19, 2026 | ५ जेठ २०८३

दोर्दीको कहर : थप एकको शव भेटियो, बेपत्ता एक सम्पर्कमा



पहिलोपोस्ट

दोर्दीको कहर : थप एकको शव भेटियो, बेपत्ता एक सम्पर्कमा

काठमाडौं : लमजुङको दोर्दी खोलामा आएको बाढीमा मर्नेको संख्या ५ पुगेको छ। बाढीका कारण बेपत्ता भएकामध्ये अर्का एक व्यक्ति सम्पर्कमा आएका छन्। अझै ९ जना व्यक्तिको अवस्था पहिचान हुन नसकेको लिबर्टी इनर्जी कम्पनीका निर्देशक रामबहादुर पाण्डेले पहिलोपोस्टलाई जानकारी दिए।

अपर दोर्दी जलविद्युत आयोजनाको पावर हाउसमा काम गरिरहेका मजदुरहरु अप्रत्यासित रुपमा आएको बाढीमा परेका थिए। साढे दुई घन्टामात्र बाढी आएको थियो। कुन ठाउँमा पानी थुनियो, एक्कासी निकास खुल्यो र बाढी आयो अझै खुल्न सकेको छैन।

निर्माणको अन्तिम चरणमा रहेको जलविद्युत आयोजनामा विभिन्न ठेकेदार कम्पनीका कामदारहरु खोलामै काम गरिरहेका थिए। उनीहरुमध्ये कतिपय बाढी देखेर भाग्न खोज्दाखोज्दै नदीको बहावमा परेका थिए।

हिजो ४ जनाको शव नदीबाट निकालिएको थियो। आज एक जनfको शव भेटिएको हो। एक्कासी आएको बाढीले आयोजनाको मेसिन तथा सवारी साधनसमेत बगाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell