PahiloPost

Aug 22, 2026 | ६ भदौ २०८३

युवतीलाई तिखो वस्तुले घोचेको अभियोगमा पक्राउ परेका कार्की धरौटीमा रिहा, अर्को मुद्दामा पुनः पक्राउ



पहिलोपोस्ट

युवतीलाई तिखो वस्तुले घोचेको अभियोगमा पक्राउ परेका कार्की धरौटीमा रिहा, अर्को मुद्दामा पुनः पक्राउ

काठमाडौँः काठमाडौँ जिल्ला अदालतले उपत्यकाभित्र युवतीहरूलाई तिखो वस्तुले घोचेर आतङ्क फैलाएको अभियोगमा नियन्त्रणमा लिइएका सन्तोष कार्कीलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ। ३० वर्षीय कार्की रामेछापका हुन्।

जिल्ला अदालतले ३ लाख रुपैयाँ धरौटीमा कार्कीलाई रिहा गर्न आदेश दिएको हो।

धरौटीमा रिहा भएका कार्कीलाई पुनः प्रहरीले नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिएका कार्कीलाई अभद्र व्यवहारको कसुरमा जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरी अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौँका डिएसपी होबिन्द्र बोगटीले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell