PahiloPost

May 15, 2024 | २ जेठ २०८१

जावलाखेलको तरकारी बजारमा ललितपुर प्रशासनको डोजर

जावलाखेलको तरकारी बजारमा ललितपुर प्रशासनको डोजर

प्रवीण रानाभाट/पहिलोपोस्ट


ललितपुर: जावलाखेलमा रहेको तरकारी बजारका घरटहरामा डोजर चलाइएको छ। टहरा भत्काउन आज शुक्रवार बिहान  ललितपुरका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशी डोजर लिएर आफैं पुगेका थिए।

तरकारी बजारका पसलले सार्वजनिक जग्गा २० वर्षदेखि उपभोग गर्दै आएका थिए। उक्त क्षेत्रमा तरकारी, फलफूल र खाजा पसल सञ्चालनमा रहेका थिए। 

पाँचपटकको प्रयासपछि भत्काउन सफल भएको प्रमुख जिल्ला अधिकारी जोशीले बताए।

'सार्वजनिक जग्गा हो। २० वर्षबाट उपभोग गर्दै आएका रहेछन्। अख्तियारको आदेशपछि भत्काएको हो। चारपाँच पटकको प्रयासपछि भत्काइएको हो,' प्रजिअ जोशीले पहिलोपोस्टसँग भने।
 
प्रजिअको उपस्थितिमा केहीबेर डोजर चलाएर पसल सञ्चालकहरुलाई भोलि दिउँसो ४ बजेसम्ममा सबै सामान हटाउन निर्देशन दिइएको छ। 



ट्रेन्डिङ पोस्ट

Ncell