PahiloPost

Aug 22, 2026 | ६ भदौ २०८३

१८ वर्ष रोमाका लागि खेलेका ड्यानिएल डे रोसी अर्जेन्टिनी क्लब बोका जुनियर्समा अनुबन्धित



पहिलोपोस्ट

१८ वर्ष रोमाका लागि खेलेका ड्यानिएल डे रोसी अर्जेन्टिनी क्लब बोका जुनियर्समा अनुबन्धित

इटालियन फुटबल खेलाडी ड्यानिएल डे रोसीले फुटबल करियरमा दोस्रो क्लब रोजेका छन्। करियरको १८ वर्ष इटालियन क्लब एएस रोमाबाट खेलेका डे रोसीले ३६ वर्षको उमेरमा दक्षिण अमेरिकी महादेशकाे अर्जेन्टिनाको बोका जुनियरसँग सम्झौता गरेका हुन्।

बिहीवार रोसी अर्जेन्टिनाको ब्युनर्स आयर्स पुगेका थिए। जहाँ उनलाई फ्यानहरुले स्वागत गरेका थिए।

सन् २००६ मा इटलीबाट विश्वकप जितेका रोसी आफ्नो ३६औं जन्मदिनमा ब्युनर्स आयर्स पुगेका हुन्।

सिरी ए क्लब रोमाका लागि ६१६ खेल खेल्दा यी भेट्रान डिफेन्सिभ मिडफिल्डरले ६३ गोल गरेका छन्।

उनी रोमाका लागि सर्वाधिक खेल खेल्नेमा फ्रान्सेस्को टोट्टीभन्दा पछि छन्।

टोट्टीले ७६८ खेल खेलेका छन्। रोसीले इटलीका लागि ११७ खेल खेल्दा २१ गोल गरेका थिए। डे रोसीले गत सिजनको अन्त्यमा रोमा छाड्ने घोषणा गरेका थिए।

डे रोसीलाई क्लबले सोमवार क्लबको खेलाडीको रुपमा प्रस्तुत गर्ने भएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell