PahiloPost

Aug 22, 2026 | ६ भदौ २०८३

भारतको धौलीगंगा जलविद्युतको ड्याम खोलिँदै, महाकाली नदी तटीय बस्तीमा सचेत रहन स्थानीयलाई आग्रह



पहिलोपोस्ट

भारतको धौलीगंगा जलविद्युतको ड्याम खोलिँदै, महाकाली नदी तटीय बस्तीमा सचेत रहन स्थानीयलाई आग्रह

काठमाडौं : साउन १३ गते मध्यरातदेखि भारतको धौलीगंगा जलविद्युत् परियोजनाले बाँधका ढोका खोल्ने भएकाले महाकाली नदी किनाराका बासिन्दालाई सतर्क रहन जिल्ला प्रशासन कार्यालय दार्चुलाले सूचना जारी गरेको छ।

भारतको तपोवन, धारचुलाको उक्त जलविद्युतको सिल्ट फ्लसिङ गरिने भन्दै एनएचपीसी लिमिटेड धौलीगंगा पावरस्टेसन धारचुला पिथौरागढले पत्राचार गरेको भन्दै जिल्ला प्रशासन कार्यालयले साउन १४ गते साँझ पौने ७ बजेसम्म महाकाली तटीय क्षेत्र जोखिममा रहने जनाएको हो।

महाकालीको जलस्तर बढ्नसक्ने भएकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन सूचित गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell