PahiloPost

Jul 11, 2025 | २७ असार २०८२

ग्वाङ्जाउको पहिरोमा पुरिएका २४ जनाको शव शुक्रवार भेटियो



पहिलोपोस्ट

ग्वाङ्जाउको पहिरोमा पुरिएका २४ जनाको शव शुक्रवार भेटियो
फोटो : सिन्ह्वा

गियाङ : दक्षिण पश्चिम चीनको ग्वाङ्जाउ प्रान्तमा गएको पहिरोमा परी २४ जनाको मृत्यु भएको छ। दिउँसो १ बजेसम्म २४ वटा शव फेला पारेको स्थानीय अधिकारीलाई उदृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ।

अनुसन्धानमा खटिएकाहरुको अनुसार २२ घरधुरीका ७७ जना मानिस पहिरो गएको क्षेत्रमा बसोबास गर्दै आएका थिए। तीबाहेक ८ जना उनीहरुका पाहुनासमेत रहेको बताइएको छ। यीमध्ये २३ जना स्थानीय घटनास्थल बाहिरै रहेको र ११ जना घाइतेलाई उपचारका लागि अस्पताल पुर्‍याइएको छ। उद्दारमा खटिएकाहरु अझै सक्रिय रुपमा मानिस खोजिरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell