PahiloPost

Jul 11, 2025 | २७ असार २०८२

पाकिस्तानी बलर आमिरले लिए टेस्ट क्रिकेटबाट सन्यास



पहिलोपोस्ट

पाकिस्तानी बलर आमिरले लिए टेस्ट क्रिकेटबाट सन्यास

पाकिस्तानी फास्ट बलर मोहम्मद आमिरले टेस्ट क्रिकेटबाट सन्यास लिएका छन्।

२७ वर्षीय खेलाडी आमिर पाकिस्तानका लागि ह्वाइट बलको खेललाई निरन्तरता दिने बताएका छन्।

उनले शुक्रवार लामो फर्म्याटको क्रिकेटबाट सन्यासको घोषणा गरेका हुन्।

'पाकिस्तानको लागि क्रिकेटको पुरानो फर्म्याटमा प्रतिनिधित्व गर्न पाउनु मेरो लागि सम्मानको विषय हो,' आमिरले स्टेटमेन्टमा भनेका छन्। 'यद्यपि मैले लामो फर्म्याटको क्रिकेटबाट टाढा हुने निर्णय लिएको छु। जसले गर्दा ह्वाइट बल क्रिकेटमा केन्द्रित हुन सकोस्।'

'यो निर्णय लिनु सजिलो थिएन र यसबारे म केही अघिदेखि विचार गरिरहेको थिएँ। तर आइसीसी वर्ल्ड टेष्ट च्याम्पियनसिप छिटै हुँदैछ र पाकिस्तानमा धेरै युवा फास्ट बलरहरु आइरहेका छन्। त्यसैले टेष्टबाट टाढा हुने यो नै सही समय लागेको छ। जसले गर्दा सेलेक्टर्सले योजना अनुसार काम गर्न सकोस्।'

आमिरले पाकिस्तानका लागि ३६ टेष्ट खेल्दै ११७ विकेट लिएका छन्। आमिरले सन् २००९ मा गल्लेमा श्रीलंकाविरुद्ध खेल्दै १७ वर्षकै उमेरमा टेष्ट क्रिकेटमा डेब्यु गरेका थिए।  आमिरले पाकिस्तानका लागि ५९ ओडिआई खेल्दै ७७ विकेट लिएका छन्। यस्तै टी २० आईमा ४२ खेल खेल्दै ५५ विकेट लिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell