.jpg)
इंग्ल्याण्ड विरुद्ध हुने एसेस सिरिजका लागि अष्ट्रेलियन टोली घोषणा भएको छ।
ट्रेभोर हन्सको नेतृत्वमा रहेको सेलेक्सन किमटीले टिम पेनको कप्तानीमा १७ सदस्यीय टोली घोषणा गरेको हो। उक्त टोलीमा अनक्याप्ड फास्ट बलर माइकल नेसरले स्थान बनाएका छन्।
यस्तै गत वर्ष बल टेम्परिङ स्क्यान्डलका कारण प्रतिवन्धमा परेका क्यामरुन बेङक्रफ्टले पनि एसेस टोलीमा स्थान बनाएका छन्। त्यही सक्यान्डलमा परेका स्टेभ स्मिथ र डेविड वार्नर पनि रेल बल खेल्ने टिममा परेका छन्। यद्यपी स्मिथ र वार्नले इंग्ल्याण्डमा भएको विश्वकप खेल्दै ओडिआई क्रिकेटमा पनुरागमन गरेका थिए।
दक्षिण अफ्रिका विरुद्धको स्क्यान्डलपछि तीन जना खेलाडी पहिलो पटक ६ष्ट खेल्ने टिममा परेका हुन्।
अष्ट्रेलिया र इंग्ल्याण्डविरुद्धको ५ खेलको टेष्ट सिरिज आगामी अगष्ट १ बाट इंग्ल्याण्डमा सुरु हुनेछ।
अष्ट्रेलियन टिम : टिम पेन (कप्तान), क्यामरुन बेनक्रफ्ट, प्याट कमिन्स, मार्कुस ह्यारिस, जोस हेजलहुड, ट्रेभिस हेड, उस्मान ख्वाजा, मार्नुस लाबुसचेन्ज, नाथन लायन, मिचेल मार्स, माइकल नासेर, जेम्स प्याटिन्सन, पिटर सिडल, स्टिभ स्मिथ, डेभिड वार्नर, मिचेल स्टार्क, म्याथ्यु वेड