PahiloPost

Apr 29, 2026 | १६ बैशाख २०८३

निर्मला पन्तलाई यसरी सम्झ्यो नेविस‌ंघले, फोटोमा माइतीघरको दीप प्रज्वलन

निर्मला पन्तलाई यसरी सम्झ्यो नेविस‌ंघले, फोटोमा माइतीघरको दीप प्रज्वलन

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं: नेपाल विद्यार्थी संघले कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको सम्झनमा आज माइतीघरमा दीप प्रज्वलन गरेको छ। कुन्दन काफ्ले नेतृत्वको समूहले निर्मलाको श्रद्धाञ्जली दिँदै दीप प्रज्वलन गरेको हो। 

हत्या भएको वर्ष दिन पुग्दासमेत सरकारले हत्यारा पत्ता लगाउन नसकेको भन्दै विरोध गर्दै आएको छ। कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको एक वर्ष पूरा भएको छ। वर्षदिन बिते पनि हत्याका सम्बन्धमा अझै ठोस प्रमाण फेला परेको छैन। प्रहरी अनुसन्धान विभिन्न दिशामा केन्द्रित भए पनि हत्यारा पत्ता लाग्न सकेको छैन।  नेबिस‌ंघले आजै बिहान माइतीघर मण्डलामा विरोध प्रदर्शनसमेत गरेको थियो। 



ट्रेन्डिङ पोस्ट

Ncell