PahiloPost

Jul 11, 2025 | २७ असार २०८२

टी २० अन्तर्राष्ट्रियमा पारसको तेस्रो अर्ध शतक



पहिलोपोस्ट

टी २० अन्तर्राष्ट्रियमा पारसको तेस्रो अर्ध शतक
FILE PHOTO

काठमाडौं : नेपाल राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा तेस्रो अर्धशतक प्रहार गरेका छन्।

सिंगापुरमा भइरहेको आइसी टी २० विश्वकप क्वालिफायर एसिया फाइनलमा कुवेत विरुद्भ अर्धशतक प्रहार गरेपछि पारस टी २० आईमा तीन अर्धशतक प्रहार गर्ने पहिलो नेपाली खेलाडी बने। उनले यसअघि सन् २०१५ मा नेदरल्याण्ड्स विरुद्ध पहिलो अर्धशतक प्रहार गरेका थिए भने दुई साताअघि मलेसिया विरुद्ध दोस्रो अर्धशतक बनाएका थिए।

पारसले ११औं ओभरको चौथो बलमा सिंगल रन लिँदै अर्धशतक पूरा गरेका हुन्। पारसले ३२ बल खेल्दै ९ चौकाको मद्दतमा अर्धशतक बनाएका हुन्।

नेपालको लागि टी २० अन्तर्राष्ट्रियमा उच्च स्कोर बनाउने खेलाडी समेत पारस हुन् उनले दुई साताअघि मलेसियाविरुद्ध ८६ रन बनाएका थिए।

नेपालको लागि टी २० अन्तर्राष्ट्रियमा पहिलो अर्धशतक सुवास खकुरेलले प्रहार गरेका थिए। यस्तै सन्दीप जोरा, विनोद भण्डारी र ज्ञानेन्द्र मल्लले १-१ अर्धशतक प्रहार गरेका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell