
काठमाडौं: दक्षिण एसियाली खेलकुद साग को १३औं संस्करण यही अंग्रेजी वर्षको अन्तिम अर्था २०१९ डिसेम्वर पहिलो साता नेपालमा हुने तय छ।
एक वर्षअघि नै नेपालमा आयोजना हुनुपर्ने १३औं सागको मिति तेस्रो पटक तोकिएको हो। अब साग आउन करिब ४ महिना मात्र बाँकी छ। तर आयोजक र प्रतिस्पर्धी टिमको रुपमा नेपालले सोचेजती तयारी गर्न सकेको छैन।
तीन साता अघि मात्र राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव नियुक्त भएका रमेश कुमार सिलवालाई पनि अहिलेसम्मको तयारीबाट सन्तुष्ट छैनन्। उनले अब साग आउन थोरै समय बाँकी रहँदा तयारी अली बढी नै भएको अपेक्षा राखेका थिए।
'१३औं सागको लागि मैले सोचेभन्दा कम तयारी भएको रैछ। मैले धेरै अगाडि बढ्यो होला भन्ने सोचेको थिए।' उनको भनाईले पनि पुष्टी गर्छ कि आफैँ आयोजना गर्न तम्सिएको नेपालको तयारी कस्तो भइरहेको छ भनेर।
शनिवार नेपाल खेलकुद पत्रकार मञ्च एनएसजेएफले नवनियुक्त सदस्य सचिव सिलवाललाई स्वागत तथा सम्मान गर्दै अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको थियो। त्यही कार्यक्रममा सदस्य सचिव सिलवालले १३औं साग तोकिएको समयमै आयोजना गर्न आफू लागिपरेको बताए।
उनले सागको लागि मुख्य चुनौती भौतिक पूर्वाधार रहेपनि कात्तिकसम्ममा त्यो सबै काम पूरा हुने बताए। उनले सबै आफू चुनौतीको सामाना गर्दै साग आयोजनाको लागि तयार रहन सबै पक्षसँग छलफल गरेर अगाडि बढेको बताए।
सागको लागि चुनौतीको रुपमा रहेको पूर्वाधारसँगै बजेट, खेल स्थल र नेपाली खेलाडीको तयारी समेत जारी रहेको सिलवालले सुनाए।
उनले अधिकांश खेलको बन्द प्रशिक्षण सुरु भइसकेको र केही खेलमा स्पाएरिङ पार्टनरको लागि खेलाडी थपेर समेत ट्रेनिङ सुरु गरेको बताए।
तर १३औं सागको लागि ओपनिङ र क्लोजिङ भेन्युको रुपमा रहेको त्रिपुरेश्वरको दशरथ रंगशालामा अहिले पनि काम जारी छ।
यद्यपी सिलवालले आफू चुनौतीमा काम गर्न मन पराउने बताउँदै अपेक्षा एक्सपेक्६ेसन मिट गर्न सकिन्छ कि सकिँदैन भन्ने विषय मुख्य रहेको बताए।