
काठमाडौं: आइसीसी टी २० विश्वकप क्वालिफायर एसिया फाइनलको अन्तिम खेलमा नेपाल र सिंगापुरबीच खेल भइरहेको छ।
पाँच राष्ट्र सम्मिलित यस क्वालिफायरको लिग चरणको अन्तिम खेलमा नेपाल र सिंगापुर खेल्दैछन्। इन्डियन एसोसिएसन ग्राउण्डमा भइरहेको खेलमा सिंगापुरले टस जितेर पहिले ब्याटिङ रोजेको हो।
सिंगापुर यस क्वालिफायरमा एक मात्र अपराजित टोली हो। यसअघिका ३ मध्ये २ खेल जितेको सिंगापुरको एक खेल वर्षाले रद्ध भएको थियो। नेपालले भने पहिलो खेलमै कतारसँग अप्रत्यासित हार ब्यहोरेको थियो। तर त्यसपछि मलेसिया र कुवेतलाई पराजित गर्दै पुनरागमन गरेको हो।
नेपालले शनिबार कुवेतविरुद्ध खेलेको टोलीलाई नै सिंगापुर विरुद्ध मैदान उतार्ने भएको छ।
प्लेइङ ११:
पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, वसन्त रेग्मी, सन्दीप लामिछाने, अभिनास बोहोरा