PahiloPost

May 19, 2026 | ५ जेठ २०८३

धादिङको थाक्रेमा सवारी दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक घाइते



पहिलोपोस्ट

धादिङको थाक्रेमा सवारी दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक घाइते
प्रतीकात्मक तस्विर

धादिङः धादिङको थाक्रे गाउँपालिका ८ त्रिभुवन राजपथमा गएराति भएको सवारी दुर्घटनामा एक सवारी चालकको मृत्यु भएको छ।

तसर्पुबाट नौबिसेतर्फ जाँदै गरेको बा १७ च ५३६ नंको सामान बोकेको गाडी सडकबाट खोल्सामा खस्दा सवारी चालक थाक्रे गाउँपालिका–६ का २८ वर्षीय बलराम तामाङको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रुपक खड्काले बताए।

सडकबाट करिब १५० मिटर तल सवारी खसेपछि गाउँवासीले उद्धार गरी अस्पताल लगिएको थियो। अस्पतालमा उपचारको क्रममा चालकको मृत्यु भयो भने सहचालक गम्भीर घाइते भएकाले थप उपचारका लागि काठमाडौँ पठाइएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell