PahiloPost

Jul 10, 2025 | २६ असार २०८२

नेपाललाई ग्लोबल क्वालिफायरमा पुग्न सिंगापुरले दियो १९२ रनको लक्ष्य



पहिलोपोस्ट

नेपाललाई ग्लोबल क्वालिफायरमा पुग्न सिंगापुरले दियो १९२ रनको लक्ष्य

काठमाडौं : आईसीसी टी २० विश्वकप क्वालिफायर एसिया फाइनलअन्तर्गत अन्तिम खेलमा सिंगापुर र नेपालबीच खेल भइरहेको छ। घरेलु टोली सिंगापुरले नेपाललाई जितका लागि १९२ रनको लक्ष्य दिएको छ।

इन्डियन एसोसिएसन ग्राउन्डमा टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले टिमोथी डेभिसको अर्धशतक मद्दतमा २० ओभरमा ६ विकेट गुमाएर १९१ रन बनाएको हो।

डेभिसले सर्वाधिक ७७ रन बनाए। उनले ४३ बल खेल्दै ८ चौका र ३ छक्का प्रहार गरे।

यस्तै ओपनर रोहन रंगराजनले ४९ रन जोडे। अर्धशतकबाट १ रनले चुकेका उनले ३३ बल खेल्दै ३ चौका ४ छक्का प्रहार गरे।

यस्तै मनप्रित सिंहले २७ बल खेल्दै ३ चौका र २ छक्काको मद्दतमा ४२ रन जोडे।

नेपालको लागि अभिनाश बोहराले ४ विकेट लिए। उनले ४ ओभरमा ३४ रन खर्चे।  यस्तै करणले ३ ओभरमा २६ रन खर्चेर २ विकेट लिए।

नेपालको 'क्राइसिस म्यान' उपनामले चिनिने स्पिनर वसन्त रेग्मी सिंगापुरविरुद्ध भने निकै महङ्गा साबित भए। उनले आफ्नो ४ ओभर स्पेलमा ५४ रन खर्चेर विकेट लिन सकेनन्। टी २० अन्तर्राष्ट्रियमा नेपाली बलरको यो अहिलेसम्मकै खराब प्रदर्शन हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell