PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

पौडी पोखरीमा डुबेर चितवनमा एकको मृत्यु



रासस

पौडी पोखरीमा डुबेर चितवनमा एकको मृत्यु
प्रतीकात्मक तस्विर

चितवनः पौडी पोखरी (स्विमिङपुल)मा डुबेर शनिबार राति एकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा काठमाडौँ बूढानीलकण्ठ नगरपालिका वडा नं ४ नारायणथान बस्ने ४८ वर्षीय छन्दबहादुर थापा रहेका छन्।

काठमाडौँबाट घुम्नका लागि चितवन आएका थापाको पूर्वी चितवनको सौराहामा रहेको होटल रेन फरेष्टको स्विमिङपुलमा डुबेर मृत्यु भएको हो। स्विमिङपुलमा डुबेर बेहोस भएका थापाको उपचारका क्रममा शनिबार राति ८ः४० बजे चितवन मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell