PahiloPost

Jul 10, 2025 | २६ असार २०८२

पारसको उपलब्धिः टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा पाँच सय रन बनाउने पहिलो नेपाली खेलाडी



पहिलोपोस्ट

पारसको उपलब्धिः टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा पाँच सय रन बनाउने पहिलो नेपाली खेलाडी

काठमाडौँः नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा पाँच सय रन पूरा गर्ने पहिलो नेपाली खेलाडी बनेका छन्।

सिंगापुरमा भइरहेको आईसीसी टी २० क्वालिफायर एसियामा सिंगापुर विरुद्धको खेलमा १० रन बनाएपछि पारसले उक्त उपलब्धि हासिल गरेका हुन्।

सिंगापुरविरुद्ध खेल्नुअघि पारसको नाममा ४९५ रन थियो। उनले सिंगापुरविरुद्ध पहिलो ओभरमै १० रन बनाउँदै ५०० रन पूरा गरे।

सिंगापुरका विनोद प्रकाशनलाई पहिलो बलमै चौका हानेका पारसले दोस्रो बलमा रन जोड्न सकेनन्। तेस्रो बलमा छक्का प्रहार गर्दै उनले पाँच सय रनको कोसेढुङ्गा पार गरे।

यद्यपि पारस १२ रन बनाएर आउट भए। उनले १० बल खेल्दै १ चौका र १ छक्का प्रहार गरे।

पारसले उक्त कीर्तिमानका लागि २० इनिङ्स खेल्दै ३ अर्धशतक समेत प्रहार गरेका छन्। उनको उच्च स्कोर ८६ रन रहेको छ। मलेसियाविरुद्ध पारसले नटआउट ८६ रन प्रहार गरेका थिए। पारसले सन् २०१५ मा नेदरल्यान्ड्सविरुद्ध पहिलो अर्धशतक प्रहार गरेका थिए। यस्तै अघिल्लो खेलमा कुवेतविरुद्ध पनि अर्धशतक प्रहार गरेका थिए।

पारस टी २० क्रिकेटमा १ हजार रन पूरा गर्ने पनि पहिलो नेपाली खेलाडी हुन्। उनले अघिल्लो खेलमा कुवेतविरुद्ध ६८ रन बनाएपछि टी २० मा १ हजार १३ रन बनाएका हुन्। कूल ४३ टी २० खेलमा ३९ इनिङ्स ब्याटिङ गर्दै पारसले १ हजार २५ रन बनाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell