PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

पृथ्वी राजमार्गमा ट्रकको पछाडि बस ठोक्किएर एकको मृत्यु, पाँच घाइते



रासस

पृथ्वी राजमार्गमा ट्रकको पछाडि बस ठोक्किएर एकको मृत्यु, पाँच घाइते
प्रतीकात्मक तस्बिर

चितवन: पृथ्वी राजमार्गको इच्छाकामना गाउँपालिका–४ फिस्लिङमा आज बिहान ट्रकको पछाडि बस ठोक्किँदा बसका एक यात्रुको मृत्यु भएको छ। बिहान ४:४५ बजे भएको दुर्घटनामा बसका पाँच यात्रु घाइते भएका छन्। दुर्घटनाका घाइतेहरुको उपचार पुरानो मेडिकल कलेजमा भइरहेको जानकारी प्रहरीले दिएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार दुर्घटनामा झापाको मेची–२ बस्ने २३ वर्षीय भानु तिमिल्सिनाको मृत्यु भएको हो। घाइते भानु तिमिल्सिनालाई उपचारका लागि भरतपुरतर्फ ल्याउँदा बाटोमै उनको मृत्यु भएको हो।

काठमाडौँ जाँदै गरेको ना ७ ख २५६१ नम्बरको ट्रकलाई काँकडभिट्टाबाट काठमाडौँ जाँदै गरेको ना ५ ख ४८१९ नम्बरको बसले पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको हो। ट्रक गौरबाट राँगाभैँसी लिएर काठमाडौं गइरहेको थियो। ट्रक र बसचालक प्रहरीको नियन्त्रणमा रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell