PahiloPost

Jul 10, 2025 | २६ असार २०८२

ग्लोबल क्वालिफायर पुग्न नसकेपछि निराश नेपाली क्रिकेटर, फोटोमा हेर्नुस्

ग्लोबल क्वालिफायर पुग्न नसकेपछि निराश नेपाली क्रिकेटर, फोटोमा हेर्नुस्

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : आइसीसी टी २० विश्वकप क्वालिफायर एसिया फाइनलको अन्तिम खेलमा सिंगापुरसँग ८२ रनले पराजित भएपछि नेपाल ग्लोबल क्वालिफायर पुग्न असफल भएको छ।

सिंगापुरमा भएको एसियन क्वालिफायरमा सिंगापुर अपराजित हरँदै ७ अंक जोडेको विजेता बन्दा नेपाल ४ अंकसहित तेस्रो भयो। सिंगापुर पहिलो पटक ग्लोबल क्वालिफायर पुगेको हो।

सन् २०१४ मा टी २० विश्वकप खेलेको नेपालको लक्ष्य दोस्रो पटक विश्वकप पुग्ने भएपनि सिंगापुरमा त्यस अनुसारको प्रदर्शन गर्न सकेन। यस पटक नेपाल एसिया छनोटमै रोकियो। सिंगापुरले अब युएईमा अक्टोबर/नोभेम्बरमा हुने ग्लोबल क्वालिफायर खेल्नेछ।

 



ट्रेन्डिङ पोस्ट

Ncell