
शुक्रबारदेखि प्रदर्शनमा आएको बलिउड फिल्म ‘जजमेन्टल हे क्या’ बक्सअफिसमा कमजोर साबित भएको छ। कंगना राणावत र राजकुमार राव स्टारर फिल्मले दुई दिनमा पाँच करोड मात्र व्यापार गरेको छ।
प्रकाश कोभेलामुडी निर्देशित फिल्मले दर्शकबाट राम्रै प्रतिक्रिया पाए पनि सोचेजति व्यापार भने गर्न सकेन। पहिलो दिनमा भारु ४ करोड २० लाख कमाइ गरेको यस फिल्मको व्यापारमा गिरावट आयो। दोस्रो दिनमा भारु १ करोड ३५ लाख मात्र कमायो।
पछिल्लो समय कंगनाको स्टारडम फ्लप हुँदै गएको छ। उनको पछिल्लो फिल्म ‘मर्णिकर्निका’ पनि फ्लप भयो। लगातार उनका नयाँ फिल्म फ्लप हुँदै गएका छन्। कमेडी सस्पेन्स थ्रिलर जनारामा निर्माण भएको यस फिल्मको कथा कनिका ढिल्लोले लेखेकी हुन्।
'जजमेन्टल हे क्या' ३२ करोडको लगानी निर्माण गरिएको दैनिक भास्करले जनाएको छ। साथै फिल्मलाई एकता कपूरले निर्माण गरेकी हुन्। यसअघि कंगना राणावत र राजकुमार रावले २०१४ मा प्रदर्शनमा आएको फिल्म ‘क्वीन’ मा एउटै स्क्रिन शेयर गरेका थिए।