PahiloPost

May 19, 2026 | ५ जेठ २०८३

१३औं सागका लागि महिला फुटबल टोलीको प्रशिक्षण सुरु



पहिलोपोस्ट

१३औं सागका लागि महिला फुटबल टोलीको प्रशिक्षण सुरु
फोटो : एन्फा

काठमाडौं : नेपालमा आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) का लागि नेपालको राष्ट्रिय महिला फुटबल टोलीले प्रशिक्षण सुरु गरेको छ।

पहिलो चरणमा खेलाडी छनोट गरेर एन्फा कम्प्लेक्स सातदोबाटोमा प्रशिक्षणको सुरुवात गरिएको हो। सागको तयारीका लागि एन्फाले पहिलो चरणमा ४२ खेलाडीलाई समावेश गरेको छ।

यस पटक मुख्य प्रशिक्षक हरी खड्काले नयाँ ८ खेलाडीलाई प्रशिक्षणमा समावेश गरेका छन्। जसमा रौतहटकी रोजिना श्रेष्ठ, रेविका राई, सलोनी राना मगर, सविता राना मगर र मनिषा रावत, झापाकी सम्झना लावती, काठमाडौंकी प्रिति राई र मनिषा थापा पहिलो पटक राष्ट्रिय टिमको प्रशिक्षण टिममा परेका हुन्।

पहिलो चरणमा आर्मी र एपीएफबाट सर्वाधिक १२-१२ खेलाडी समावेश छन्।

एन्फाले सागका लागि महिला टिमको मुख्य प्रशिक्षकमा हरि खड्का, सहायक प्रशिक्षकमा अरुणा गुरुङ र गोलरक्षक प्रशिक्षकमा अस्मिता खवासलाई जिम्मेवारी दिएको छ।

आगामी मंसिरमा हुने १३औं साग अन्तर्गत महिला फुटबल खेल पोखरामा गराउने तयारी भइरहेको छ।

 

पहिलो चरणमा प्रशिक्षणमा बोलाइएका खेलाडी:

एन्जिला तुम्बाप्पो सुब्बा, निशा थोकर, सरु लिम्ब, मञ्जली कुमारी योन्जन, रेखा पौडेल, हिरा कुमारी भुजेल, गीता राना, मनमाया लिम्बु, रेनुका नगरकोटी, अनिता बस्नेत, सावित्रा भण्डारी, अनिता के सी, अन्जना राना मगर, पुजा राना, विमला विश्वकर्मा, पुनम जर्घा मगर, सुनिता चौधरी, कविता धिमाल, इन्दिरा राई, बिमला चौधरी, सर्मिला थापा, दिपा राई, कृष्णा खत्री, समिक्षा घिमिरे, वसन्ती नाथ घिमिरे, रश्मी कुमारी घिसिङ, मनिषा रावत, सविता नाथ मगर, सलोनी राना मगर, रेविका राई, रोजिना श्रेष्ठ, निरु थापा, दिपा न्यौपाने, उषा नाथ, घिम कुमारी गुरुङ, अमृता जैसी, सृजना खड्का, निर्मला विश्वकर्मा, मनिषा थापा, प्रिति राई, सम्झना लावती



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell