
प्रि जन टुरअन्तर्गत इन्टरनेसनल च्याम्पियन्स कप २०१९ मा पोर्चुगिज क्लब बेनफिकाले लगातार तेस्रो जित हात पारेको छ।
कपको तेस्रो खेलमा बेनफिकाले इटालियन क्लब एसी मिलानलाई १-० ले पराजित गरेको हो।
अमेरिकाको जिलेट स्टेडियममा भएको खेलमा अदेल तारब्तले ७०औं मिनेटमा गरेको गोल नै बेनफिकाको जितमा निर्णयक बनेको हो।
लगातार तेस्रो जितपछि बेनफिकाले ९ अंक जोडेको छ र यस सिजनको उपाधि जित्ने सम्भावना बलियो बनाएको छ। च्याम्पियन्स कपमा सहभागी १२ क्लबमध्ये १० क्लब उपाधि होडबाट बाहिरिइसकेका छन्। बेनफिकासँगै अब इंग्ल्यान्डको म्यानचेष्टर युनाइटेड उपाधि होडमा छ। युनाइटेडले अन्तिम खेल अगष्ट ३ एसी मिलानसँग खेल्नेछ।
युनाइटेडको दुई जितबाट ६ अंक छ। बेनफिकाको गोल अन्तर ५ र युनाइटेडको २ छ।