PahiloPost

Jul 10, 2025 | २६ असार २०८२

स्विमिङ सुटमा पञ्जा लगाँउदा प्रियंका बनिन् ट्रोलको शिकार



पहिलोपोस्ट

स्विमिङ सुटमा पञ्जा लगाँउदा प्रियंका बनिन् ट्रोलको शिकार

बलिउड अभिनेत्री प्रियंका चोपडा फेसन र लुक्सको कारण चर्चामा छाइरहने बलिउड सेलिब्रेटीमध्य एक हुन्। मेट गालामा देखिएको उनको लुक्सको फोटो मजाकको सामाग्री बने। उक्त फेसन सेन्स बारे गसिप कम हुन नपाउँदै पुन: एकपटक ट्रोलको शिकार भएकी छिन्।

चोपडाले इन्स्टाग्राम अकाउन्टमा आफ्नो र पति निक जोनासको स्विमिङ पुल छेउमा खिचाएको तस्विर सेयर गरिन्। सार्वजनिक तस्विरमा उनले पिंक स्विमिङ सुटसँगै पिंक कलरकै पञ्जा लगाएकी छिन्। जसको कारण अहिले उनी ट्रोलमा छाएकी छिन् ।

एक प्रयोगकर्ताले कमेन्टमा प्रश्न गरेका छन्,‘कोही मलाई सम्झाउन सक्छ कि स्विमिङ सुटमा पञ्जा लगाउनु कहाँको फेसन हो?’

केही दिन अघि प्रियंकाले आफ्नो ३७ औं जन्मदिन पति निक जोनास र आमाको साथमा मनाएकी थिइन्। उक्त तस्विर मियामीमा जन्मदिन मनाउँदाको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell