PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

१३ लाख रुपैयाँ चोरी गर्ने पाँच दिनपछि पक्राउ



पहिलोपोस्ट

१३ लाख रुपैयाँ चोरी गर्ने पाँच दिनपछि पक्राउ

काठमाडौँ: चोरी गरी फरार भएका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङले आइतबार मोरङ जिल्ला कटहरी गाउँपालिका १ बस्ने वर्ष २० वर्षीय सुरज कामतलाई नियन्त्रणमा लिएको प्रहरीले जानकी दिएको छ।
कामतले विराटनगर महानगरपालिका १ बस्ने मोतीराज दाहालको घरबाट १३ लाख ५० हजार रुपैयाँ चोरेर फरार भएका थिए।  प्रहरीले कामतको साथबाट ३ लाख ८१ हजार रुपैयाँ र १ लाख ५ हजार पर्ने मोबाइल समेत बरामद गरेको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell