PahiloPost

Jul 10, 2025 | २६ असार २०८२

आइसीसीले लन्च गर्‍यो 'टेष्ट च्याम्पियनसिप', एसेस सिरिज पहिलो



पहिलोपोस्ट

आइसीसीले लन्च गर्‍यो 'टेष्ट च्याम्पियनसिप', एसेस सिरिज पहिलो
फोटो : आइसीसी

दुई वर्ष, नौ टिम, २७ सिरिज, ७२ म्याच

.......

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले पहिलो पटक आयोजना गर्न लागेको टेष्ट च्याम्पियनसिपको सुरुवाती तथ्याङ्क हो यो।

आइसीसीले सोमवार अफिसियल रुपमा वर्ल्ड टेष्ट च्याम्पियनससिप (डब्लुटिसी) को लन्च गरेको हो।

टेष्ट खेल्ने ठूला राष्ट्र इंग्ल्याण्ड, भारत र अष्ट्रेलियाका खेलाडीले यसलाई राम्रो सुरुवात मानेका छन्।

टेष्ट च्याम्पियनसिप २०१९ अगष्ट १ बाट सुरु हुनेछ। जसमा ९ उत्कृष्ट टेष्ट नेशनले प्रतिस्पर्धा गर्छन्। अष्ट्रेलिया, बंगलादेश, इंग्ल्याण्ड, भारत, न्यूजिल्याण्ड, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलंका र वेष्ट इन्डिजले २७ सिरिजमा कूल ७१ खेल खेल्नेछन्।

यो दुई वर्षसम्म चल्नेछ र फाइनल २०२१ जुन मा बेलायतमा खेलिने आइसीसीले जनाएको छ। उक्त खेलको विजेता आइसीसी वर्ल्ड टेष्ट च्याम्पियन बन्नेछ।

टेष्ट च्याम्पियनसिपमा प्रत्येक राष्ट्रले होम ३ र अवे ३ सिरिज खेल्नेछ। प्रत्येक खेलको छुट्टै अंक प्रदान हुनेछ। एउटा सिरिजको कूल अंक १२० हुनेछ। यदी एउटा सिरिजमा दुई खेल मात्र भए एक खेलको ६० अंक हुनेछ भने ३ खेल भए एक खेलको ४० अंक हुनेछ।

सिरिजमा बढीमा ५ र कम्तीमा पनि २ खेल हुनुपर्नेछ। पहिलो चरणको डब्लुटिसीमा पाच दिनको खेल समावेश हुनेछ जसमा डे नाइट म्याच पनि हुनेछ।

डब्लुटिसी अन्तर्गत रहेको खेलहरु मात्र टेष्ट च्याम्पियनसिपमा गणना हुने आयोजकले जनाएको छ।

टेष्ट सिरिजका खेलहरु सम्बन्धित देशका बोर्डले आयोजना गर्नेछ र दुईपक्षिण सिरिजकै रुपमा खेलिनेछ तर यो प्रतिस्पर्धाको रुपमा जोडिनेछ र एक टिम च्याम्पियन हुनेछ।

आइसीसीले सिरिजका लागि सम्बन्धित बोर्डलाई म्याच अफिसियलहरु प्रदान गर्नेछ, खेल आयोजना गर्नको लागि सहयोग गर्नेछ र नियम अनुसार खेल भए/नभएको हेर्नेछ।

३१ मार्त २०१८ को आइसीसीको वरीयता अनुसार शीर्ष ९ स्थानमा रहने टेष्ट राष्ट्रले टेष्ट च्याम्पियनसिप खेल्नेछ। टेष्ट राष्ट्रको मान्यता पाएको अफगानिस्तान, आयरल्याण्ड र जिम्बावे सहभागि सिरिजले भने टेष्ट च्याम्पियनसिपको मान्यता पाउनेछैन।

टेष्ट च्याम्पियनसिप अन्तर्गत पहिलो सिरिजको रुपमाा अष्ट्रेलिया-इंग्ल्याण्डबीचको एसेस सिरिज रहेको छ। यसेस यही अगष्ट १ देखि सेप्टेम्वर १६ सम्म इंग्ल्याण्डमा हुनेछ।

 

२७ वटा सिरिजहरु:

 

अंक प्रणाली:

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell