PahiloPost

Aug 22, 2026 | ६ भदौ २०८३

अनिल थापाको निर्देशनमा ‘चेन्जिङ स्याडो’ निर्माण पूरा



पहिलोपोस्ट

अनिल थापाको निर्देशनमा ‘चेन्जिङ स्याडो’ निर्माण पूरा

काठमाडौंः अनिल थापाको लेखन तथा निर्देशनमा फिल्म ‘चेन्जिङ स्याडो’ निर्माण भएको छ। लस एन्जलसका विभिन्न रमणीय स्थानहरुमा छायांकन गरिएको यस फिल्ममा हलिउड कलाकारहरुले समेत अभिनय गरेका छन्। 

केही वर्षअघि नै निर्माण थालिएको फिल्म ‘चेन्जिङ स्याडो’को छायांकन केही दिनअघि मात्र सकिएको हो। अमेजन र आई ट्युन्स जस्ता अनलाइन प्लेटफर्मले छोटा फिल्मलाई पनि महत्व दिएर प्रस्तुत गर्ने भएकाले पनि छोटा फिल्म निर्माण गर्नमा आकर्षण बढ्दै गएको निर्माता निर्देशक थापाले बताए। 

३४ मिनेट लामो यस फिल्ममा क्याथरिन फराह, सब्ना गार्डनर, जुलियन ग्राहम, मार्क सी हानसनलगायतका कलाकारहरुको अभिनय रहेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell