
काठमाडौं : काठमाडौं जिल्ला ब्याडमिन्टन संघले उपत्यकाब्यापी काठमाडौं ब्याडमिन्टन च्याम्पियनसिप गर्ने भएको छ। संघले प्याब्सन काठमाडौंसँग मिलेर ४ दिने च्याम्पियनसिप आयोजना गर्न लागेको
जुनियर लेभलबाटै खेलाडी उत्पादन गर्ने उदेश्यले संघले स्कुल स्तरिय ब्याडमिन्टन च्याम्पियन आयोजना गर्न लागेको छ।
काठमाडौं जिल्ला ब्याडमिन्टन संघले च्याम्पियनसिप साउन २१ देखि २४ गतेसम्म संचालन हुने संघका अध्यक्ष दिपक थापाले बताए।
च्याम्पियनसिपमा यू-१२ र यू-१४ उमेर समूहमा प्रतिस्पर्धा हुनेछ। कूल पाँच विधा समावेश च्याम्पियनसिपमा दुवै उमेर समूहमा पुरुष एकल र महिला एकल तथा यू-१४ को मिक्स डबलमा प्रतिस्पर्धा हुनेछ।
काठमाडौं जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष थापाले नेपालको लागि ब्याकअफ टि तयार पार्न यस्तो खालको च्याम्पियनसिप आयोजना गर्न लागेको बताए। उनले १५ वर्ष देखि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने भएकोले यसबाट आएका राम्रो खेलाडी छानेर राष्ट्रिय ६िमसम्मा पुर्याउने लक्ष्य रहेको बताए।
च्याम्पियनसिपमा काठमाडौं, ललितपुर, भक्तपुर जिल्लाका प्याब्सन, एनप्याब्सन र सामुदायिक विधालयका विद्यार्थीहरुको सहभागिता रहने आयोजक प्याब्सन काठमाडौंका अध्यक्ष हरी कृष्ठ श्रेष्ठले जानकारी दिए। च्याम्पियनसिपमा उपत्यकाका करिब सय स्कुलका ९ सय बढी खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ।
च्याम्पियनसिपको यू-१२ को महिला र पुरुष दुवैको विजेताले २० हजार, उपविजेताले १५ र तेस्रोले १०/१० हजार प्राप्त गर्ने छन्।
यस्तै यू-१४ को दुवैतर्फको विजेताले ३०, उपविजेताले १५ र तेस्रोले १०/१० हजार पाउने छन्।
मिक्स डबलतर्फको विजेताले ४० हजार, उपविजेताले २० हजार र तेस्रोले १०/१० हजार पाउने छन्।
च्याम्पियनसिपका खेलहरु कीर्तिपुरस्थित त्रिभुवन विश्वविधालयको त्रिभुवन स्मृति हलमा हुनेछ।