PahiloPost

May 20, 2026 | ६ जेठ २०८३

छिरिङ शेर्पाले एएसबीसी स्कुल बक्सिङ च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने



पहिलोपोस्ट

छिरिङ शेर्पाले एएसबीसी स्कुल बक्सिङ च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने

काठमाडौं : नेपालका छिरिङ वाङ्दी शेर्पाले कुवेतमा आयोजना हुने एएसबीसी स्कुल ब्वाइज बक्सिङ च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएका छन्।

कुवेत बक्सिङ संघको आयोजना तथा एसियन बक्सिङ कन्फेडेरेसनको निमन्त्रणामा यही अगष्ट १ देखि ९ तारिखसम्म हुने च्याम्पियनसिपमा छिरिङले ४९ केजी तौल समूहमा प्रतिस्पर्धा गर्नेछन्।

च्याम्पियनसिपका लागि छिरिङले विगत एक महिनादेखि तयारी गरिरहेको नेपाल बक्सिङ संघले जनाएको छ।

च्याम्पियनसिपका लागि छिरिङसँगै प्रशिक्षक राम चन्द्र थापा मगर र टिम म्यानेजरका रुपमा नेपाल बक्सिङ संघका सदस्य एवं स्कुल बक्सिङ समितिका संयोजक पुस्कर राज वन्त कुवेत जानेछन्।

युवा उमेर देखि नै बक्सिङमा सहभागिता जनाउने उदेश्यले एएसबीसीले पहिलो पटक स्कुल ब्वाइज च्याम्पियनसिप बयोजना गर्न लागेको हो। यस सहभागिताबाट नेपालका धेरै स्कुलहरु बक्सिङप्रति आकर्षति हुने संघको विश्वास छ।

तीन सदस्यीय नेपाली बक्सिङ टोलीई सोमबार राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवाल, नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेले लगायतले विदाई गरेका थिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell