PahiloPost

Aug 22, 2026 | ६ भदौ २०८३

मिलन क्रिकेट क्लबले जित्यो सिरिज



पहिलोपोस्ट

मिलन क्रिकेट क्लबले जित्यो सिरिज

झापा: मिलन क्रिकेट क्लबले प्याट्रिओटिक क्रिकेट ट्रेनिङ सेन्टर विरुद्धको तीन खेलको टी २० सिरिज एक खेल अघि नै जितेको छ। सोमवार भएको सिरिजको दोस्रो खेल ३९ रनले जित्दै सिरिज जितेको हो।

झापाको टर्केनी खेल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मिलन क्रिकेट क्लबले १९.२ ओभरमा सबै विकेट गुमाएर ७० रन बनाएको थियो। अर्जोती मलिकाले २५ र अनिस पौडेलले १२ रन बनाए। प्याट्रिओटिकका लागि आशिर्वाद उप्रेतीले ४ र दिव्यम अधिकारीले २ विकेट लिए।

७१ रनको लक्ष्य पछ्याएको प्याट्रिओकले खराब ब्याटिङ गर्दा १९.३ ओभरमा ३१ रनमै अलआउट भयो।

उसका लागि आदर्श राज खतिवडाले नटआउट १० रन बनाएभने बाँकी खेलाडीले दोहोरो अंक छुन सकेनन्।

मिलन क्रिकेट क्लबलका लागि अभिषेक श्रेष्ठले ४ ओभरमा ३ रन खर्चेर ३ विकेट लिए। यस्तै विकास डाँगीले २ विकेट लिए।

पहिलो खेल मिलन क्रिकेट क्लबले २८ रनले जितेको थियो। तेस्रो खेल बिहीवार हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell