PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

मुद्दा मिलाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ



पहिलोपोस्ट

मुद्दा मिलाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

रत्नननगरः जिल्ला प्रहरी कार्यालय चितवनले मुद्दा मिलाइदिन्छु भन्दै ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा  भरतपुर महानगरपालिका -१० बस्ने वर्ष २३ का सागर क्षेत्री र वर्ष ३४ का दीपेन्द्र पण्डित रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय चितवनको विशेष टोलीले उनीहरुलाई आइतबार भरतपुर महानगरपालिका -३ लायन्सचोकबाट पक्राउ गरेको हो। लागुऔषध खैरो हेरोइनसहित दुई साता अगाडि पक्राउ परेका भरतपुर महानगरपालिका -४ बस्ने सन्तोष सिकारीको मुद्दा मिलाई छुटाइदिन्छु भनी उनकी श्रीमतीसँग करिब रु आठ लाख लिएका थिए। पक्राउ परेका दुबैलाई सोमबार ठगी कसूरमा मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

 

फरार दुई अभियुक्त पक्राउ

चितवन प्रहरीले फरार दुई अभियुक्तलाई पक्राउ गरेको छ। चितवन रत्ननगर नगरपालिका -६ सौराहास्थित रेन फरेष्ट होटलमा कोठा बुक गरी बसेका काठमाडौँ बूढानीलकण्ठ नगरपालिका–४ बस्ने वर्ष ३९ की गीता गुरूङ र वर्ष  १७ का पर्वत गुरूङलाई पक्राउ गरेको हो। काठमाडौँ बूढानीलकण्ठ नगरपालिका–४ बस्ने वर्ष ४९ का छन्दबहादुर थापालाई उनीहरुले सोही होटलको स्वीमिङपुलमा हत्या गरेको मृतक परिवारको जाहेरी परेको थियो।

शनिबार उनीहरुले मृतक थापालाई स्वीमिङ पुलमा अचेत अवस्थामा फेला पारी उपचारका लागि अस्पतालमा लैजाँदा मृत्यु भएको बताउँदै सोही होटलमा बस्दै आएका थिए। उनीहरुलाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १२ ज्यानसम्बन्धी कसुरअन्तर्गत कर्तव्य ज्यान मुद्दामा चितवन जिल्ला अदालतबाट छ दिनको म्याद  थप गरी अनुसन्धान  कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयमा प्रहरी नायब उपरीक्षक कोइरालाले जानकारी दिए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell