PahiloPost

May 20, 2026 | ६ जेठ २०८३

कलंकीको एक घरमा गोली प्रहार, लाइसेन्स प्राप्त हतियार प्रयोग भएको प्रहरीको दाबी



पहिलोपोस्ट

कलंकीको एक घरमा गोली प्रहार, लाइसेन्स प्राप्त हतियार प्रयोग भएको प्रहरीको दाबी

काठमाडौः सोमबार राति कलंकीमा एक घरमा गोली प्रहार भएको छ।

अज्ञात समूहले राति करिब साढे ९ बजेतिर इन्जिनियर विष्णुप्रसाद शर्माको घरमा गोली प्रहार गरेको प्रहरीले जनाएको छ। शर्माकी २० वर्षीया छोरी सुत्ने कोठामा गोली चलाएको प्रहरीले जानकारी दिएको छ।

कलंकीमाई मन्दिर नजिकै सामाजिक मार्गमा शर्माको साढे तीनतले घर रहेको छ। घरको तेस्रो तलामा रहेको कोठाभित्र लक्षित गरेर गोली चलाइएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए। ‘गोलीको खोका कोठाभित्र भेटिएको छ। घटनाको बारेमा अनुसन्धान भइरहेको छ। हामी चाडैं पत्ता लगाउछौं,‘ एसएसपी सुवेदीले भने।

झ्यालमा फलामको जाली भएकाले कुनै पनि मानवीय क्षति नभएको प्रहरीले जानकारी दिएको छ। गोली चलेको आवाज परिवार तथा छरछिमेकले नसुनेको प्रहरीको दाबी छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा गोली लाइसेन्स प्राप्त हतियारबाट नै चलेको देखिएको छ। ‘साधारण हतियार जस्तो देखिएको छ। अरु खोज्दै छौं,‘ एसएसपी सुवेदीले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell