PahiloPost

Jul 10, 2025 | २६ असार २०८२

साफ यू-१५ च्याम्पियनसिप : नेपालको पहिलो खेल भारतसँग



पहिलोपोस्ट

साफ यू-१५ च्याम्पियनसिप : नेपालको पहिलो खेल भारतसँग

काठमाडौं : दक्षिण एसियाली फुटबल महासंघ साफ यू-१५ च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ।

आगामी अगष्ट २१ देखनि ३१ तारिखसम्म भारतको कल्यानीस्थित कल्यानी स्टेडियममा हुने च्याम्पियनसिपमा नेपालले घरेलु ६ली भारतसाग पहिलो खेल खेल्ने भएको छ।

दक्षिण एसियाली फुटबल महासंघले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालको अगष्ट २१ मा भारतसँग खेल्नेछ। उक्त दिन श्रीलंका र भुटानबीच पनि खेल हुनेछ।

दक्षिण एसायका ७ मध्ये ५ राष्ट्र मात्र सहभागि यस च्याम्पियनसिप राउण्ड रोविन लिगको आधारमा सञ्चालन हुनेछ। पाँच टिमले एक आपसमा खेलेपछि अंकतालिका शीर्ष दुई स्थानमा रहने टिम फाइनल पुग्नेछ।

नेपालले दोस्रो खेलमा अगष्ट २३ मा श्रीलंकासँग, तेस्रो बंगलादेशसँग अगष्ट २७ मा र अन्तिम खेलमा भुटानसँग अगष्ट २९ मा खेल्नेछ।

गत वर्ष नेपालमा आयोजना भएको च्याम्पियनसिपमा बंगलादेशले उपाधि जित्दा नेपाल चौथो भएको थियो।

अहिलेसम्म भएको पाँच संस्करणमध्ये नेपाल दुई पटक उपविजेता बनेको थियो।

सुरुको तीद्द संस्करण यू-१६ च्याम्पियनसिपको नाममा भएपछि पछिल्लो दुई संस्करण भने यू-१५ को नामबाट भएको थियो।

 

खेल तालिका :



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell