
काठमाडौं : अष्ट्रेलियन नागरिक गेरी फिलिप्सलाई अखिल नेपाल फुटबल संघले टेक्निकल डिरेक्टर नियुक्त गरेको छ।
एन्फा पदाधिकारि र सदस्यहरुको उपस्थितीमा एन्फा आपतकालिन समितिको मंगलवार बसेको बैठकले फिलिप्सलाई टेक्निकल डिरेक्टरमा नियुक्त गरेको निर्णय सार्वजनिक गरेको हो।
मंगलबार एन्फा ललितपुरको सातदोबाटवस्थित एन्फा सचिवालयमा बसेको बैठकले सन् २०२२ को विश्वकप छनोट र एसियन कप २०२३ को छनोको रुपमा रहेको दोस्रो चरणको छनोटको कुवेत विरुद्धको पहिलो खेल अवे मैदानमा गर्ने निर्णय समेत गरेको छ।
नेपालको दशरथ रंगशाला निर्माधिन रहेको र खेल हुने मितिसम्म पनि पूर्ण रुपमा तयार नहुने भन्दै एएफसी र सम्बन्धित देशको फुटबल संघसँग पत्राचार गर्दै उक्त खेल अवे मैदानमा खेल्ने निर्णय भएको हो।
यस्तै हेड हफ कोचेज एजुकेशनमा संजित सिंहलाई नियुक्त गरिएको छ भने महिला फुटबल प्रमुख हरी खड्का नियुक्त भएका छन्। हेड अफ इलिट युथ पदमा नवीन महर्जन नियुक्त भएका छन्।
यसैगरी एन्फाले राष्ट्रिय टिमको ट्रेनर विके विक्रान्त अधिकारीलाई कारवाही गर्दै पदबाट बर्खास्त गरेको छ।
एन्फाको मंगलबारको आपतकालिन बैठकले विभिन्न ११ बुँदामा ११ निर्णयहरु गरेको छ। उक्त निर्णयहरु यसप्रकार छन्।