PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

विप्लव समूहद्वारा मकवानपुरमा दुई वटा गाडीमा आगजनी



पहिलोपोस्ट

विप्लव समूहद्वारा मकवानपुरमा दुई वटा गाडीमा आगजनी
प्रतीकात्मक तस्विर

हेटौँडाः विप्लव नेतृत्वको समूहले गएराति मकवानपुरका दुई स्थानमा गाडी जलाएका छन्। विप्लव समूहले आह्वान गरेको बन्दको पूर्वसन्ध्यामा मकवानपुरको फाखेल हुमाने भन्ज्याङमा बा १४ च ८२३४ नंको कार र मकवानपुरको मनहरी ज्यामिरे खरङ्गामा बा ५ ख १७३९ नंको ट्रकमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए।

कार पूर्णरूपमा जलेको छ भने ट्रकको अगाडिको भाग मात्र जलेको उनले बताए।

यसैगरी हेटौँडाको विभिन्न स्थानमा शङ्कास्पद वस्तु फेला परेको छ। हेटौँडाको थानाभर्‍याङ, चौकीटोल र हुप्राचौर क्विक २० पार्टीप्यालेस नजिकै शंकास्पद वस्तु भेटिएको प्रहरीले जनाएको छ। सबै शंकास्पद वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्क्रिय गरिसकेको जनाइएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell