PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु



पहिलोपोस्ट

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

लहानः पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको लहानमा गएराति भएको सडक दुर्घटनामा परी मोटरसाइकल चालक एक युवकको मृत्यु भएको छ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को १ क २४१७ नंको क्रेनमा सोही दिशाबाट आउँदै गरेको स २ प १८९९ नंको मोटरसाइकल पछाडिबाट ठोक्किँदा मोटरसाइकल चालक लहान नगरपालिका–१२ निवासी २३ वर्षीय सुरेश चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते चौधरीलाई उपचारका लागि विराटनगरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहा लहानले जनाएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell