PahiloPost

Jul 10, 2025 | २६ असार २०८२

ट्रोलले समाजको एउटा पाटो देखाउँछ: अनुश्का शर्मा  



पहिलोपोस्ट

ट्रोलले समाजको एउटा पाटो देखाउँछ: अनुश्का शर्मा  

सामाजिक सञ्जाल कलाकारसँग दर्शक र फ्यानलाई नजिक राख्ने एउटा माध्यम बनेको छ। कलाकारको दैनिकी र नयाँ काम बारे जानकारी राख्ने, संवाद गर्ने काम त हुन्छ नै। साथै यही माध्यममार्फत कलाकार आलोचित हुन्छन्। उनीहरुको फेसन, मेकअप, सम्बन्ध आदिलाई लिएर ट्रोलको शिकार समेत हुने गरेका छन्।

केही कलाकार ट्रोल बनाउनेहरुसँग भिडेको पनि देख्न सकिन्छ। तर, बलिउड अभिनेत्री अनुश्का शर्माले भने आफू त्यस्ता ट्रोल र भद्दा मजाकहरुलाई बेवास्ता गर्ने बताइन्। फिल्मफेयरसँगको अन्तर्वातामा उनले भनेकी छिन्,’साँच्चै मलाई त्यस्ता ट्रोलहरुको थोरै पनि मतलव हुँदैन। त्यस्ता ट्रोलले हामीलाई असर गर्नु हुँदैन किनकि त्यस्ता हल्का मजाकको औचित्य हुन्न।‘

सोही अन्तर्वातामा उनले ट्रोलले सामाजको एउटा पाटो झल्काउने तर्क राखेकी छिन्। यस्ता मजाक गर्नु गैरजिम्मेवार र जवाफहिन काम गर्नु हो।

यसअघि फिल्म ‘जिरो’को मुख्य कलाकारको रुपमा देखिएकी उनको नयाँ फिल्म घोषणा भइसकेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell