PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

विद्यालय बन्दका कारण फूर्सदिला बने बालबालिका, कोही साइकल गुडाउँदै त कोही पौडी खेल्दै

विद्यालय बन्दका कारण फूर्सदिला बने बालबालिका, कोही साइकल गुडाउँदै त कोही पौडी खेल्दै

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं: बुधवार उपत्यका भित्रका विद्यालयमा पढ्दै आएका बालबालिका फूर्सदिला बने। कोही सडकमा साइकल गुडाउँदै निस्किए त कोही मनसुनका कारणले रसाएको ढुंगेधारामा जमेको पानीमा खेल्दै सुस्ताइरहेका थिए। यस्तै, कोही गर्मी छल्न पोखरीमा पौडी खेलिरहेका भेटिए। उनीहरु फूर्सदिला बन्नुको एउटै कारण थियो विद्यालय बन्द।

बुधवार नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको बन्दका कारण उपत्यकाको शैक्षिक क्षेत्र प्रभावित बनेको थियो। सडकदेखि धारासम्म खेलिरहेका बालबालिकाका तस्बिर पहिलोपोस्टका रोजन श्रेष्ठले कैद गरेका छन्।



ट्रेन्डिङ पोस्ट

Ncell