PahiloPost

Jul 10, 2025 | २६ असार २०८२

जनयुद्धमा माओवादीले कब्जा गरेको जग्गा फेरि विप्लवको कब्जामा!



पहिलोपोस्ट

जनयुद्धमा माओवादीले कब्जा गरेको जग्गा फेरि विप्लवको कब्जामा!

काठमाडौं : नेत्र विक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले कैलालीमा करिब ४४ बिगाहा जग्गा कब्जा गरेको छ। जिल्लाको बर्दगोरिया बौनियाँमा चार जनाको घरजग्गा प्रतिबन्धित नेकपाले कब्जा गरेको हो।

विप्लव नेतृत्वको नेकपाले बनाएको जनपरिषदले जग्गा घर जग्गा कब्जा गर्दै पार्टीको झण्डा गाडेको हो।

बर्दगोरिया जनपरिषद्का प्रमुख अनुकूलको नेतृत्वमा पुगेको नेकपाका कार्यकर्ताको टोलीले राजेन्द्र मल्ल र वीरबहादुर मल्लका नाममा रहेको ३५ बिगाह जग्गा र घर, बेदबहादुर मल्लको नाममा रहेको ८ बिगाह जग्गा र घरका साथै सुदुरपश्चिमाञ्चल ग्रामिण विकास बैंकको स्वामित्वमा रहेको १७ कठ्ठा जमिन गरी ४३ बिगाहा १७ कठ्ठा जमिन कब्जा गरेको हो।

यी जग्गा जनयुद्ध कालमा तत्कालीन नेकपा माओवादीले कब्जा गरेका थिए। पछि शान्ति प्रक्रियामा आएपछि जग्गा फुकुवा भएको थियो। जनपरिषद्ले जग्गा कब्जा गरेसँगै पार्टीको झण्डा र ब्यानर टाँगेको पार्टीले दावी गरेको छ। ब्यानरमा पार्टीको नीति अनुरुप जनयुद्धमा कब्जा गरिएका जग्गा पुन कब्जामा लिइएको उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell