PahiloPost

Aug 22, 2026 | ६ भदौ २०८३

निश्चल बस्नेत र स्वस्तिमा खड्कालाई ‘आदर्श जोडी सम्मान २०७६’



पहिलोपोस्ट

निश्चल बस्नेत र स्वस्तिमा खड्कालाई ‘आदर्श जोडी सम्मान २०७६’

काठमाडौं: फिल्म निर्देशक, निर्माता एवं कलाकार निश्चल बस्नेत र कलाकार स्वस्तिमा खड्कालाई 'आदर्श जोडी सम्मान' प्रदान गरिन लागेको छ। ललित ब्युटिसियन बहुउद्येश्यीय सहकारी संस्था लिमिटेड र ललित फरिया घरको संयुक्त आयोजनामा हुने तीज विशेष कार्यक्रममा सम्मान गरिने घोषणा भएको हो।

तीजको अवसरमा साउन १६ गतेदेखि १८ गतेसम्म जावलाखेलमा ‘तीज माइती मेला तथा सम्मान २०७६’ कार्यक्रममा हुँदैछ। कार्यक्रममा रियल लाइफ जोडी सम्मानित हुन लागेका हुन्।

मेलाको उद्घाटन ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले गर्ने छन्। मेलाको सातौं संस्करणमा सम्मान, पुरस्कार वितरण एवं विविध सांस्कृतिक कार्यक्रह हुनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell