PahiloPost

Jul 10, 2025 | २६ असार २०८२

स्वास्थ्य चौकीमा उपकरण नहुँदा प्रसूतिका लागि ल्याइएकी महिलाको मृत्यु



पहिलोपोस्ट

स्वास्थ्य चौकीमा उपकरण नहुँदा प्रसूतिका लागि ल्याइएकी महिलाको मृत्यु
प्रतीकात्मक तस्विर

हुम्लाः हुम्लाको सर्केगाड स्वास्थ्य चौकीमा प्रसूतिका लागि ल्याइएकी एक महिलाको मृत्यु भएको छ। बुधबार बिहान प्रसूतिका लागि सर्केगाड स्वास्थ्य चौकीमा भर्ना भएकी वडा नं ४ साँयागाउँ निवासी २० वर्षीया अनरुपा टमटाको बिहान १० बजे मृत्यु हो। टमटालाई सुत्केरी व्यथा लागेपछि बुधबार बिहान ४ बजे प्रसूतिगृहमा ल्याइए पनि दुर्गम क्षेत्रमा उपकरण नहुँदा मृत्यु भएको स्वास्थ्य चौकी प्रमुख देवेन्द्रवीर मगियाले जानकारी दिए।

मृतक टमटालाई बुधबार बिहानबाट सुत्केरी व्यथा लागेसँगै स्वास्थ्य चौकीमा पुर्‍याइए पनि बच्चा जन्माउन नसक्दा आमा र पेटभित्र रहेको बच्चा दुबैको मृत्यु भएको प्रमुख मगियाले जानकारी दिए। स्वास्थ्य चौकीमा प्रसूतिका साधनको कमीले आमा र बच्चा दुबैलाई बचाउन नसकिएको उनले जानकारी दिए।

दुर्गम जिल्ला हुम्लाका प्रायः स्वास्थ्य चौकीमा सुत्केरी आमाका लागि औषधि, उपकरण नहुनुले अकालमै ज्यान गुमाउने गरेका छन्। जिल्लाका महिलाले सानै उमेरमा विवाह गरेर छिटो बच्चा पाउने हुँदा उनीहरुले ज्यान गुमाउनु परेको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell