PahiloPost

Aug 22, 2026 | ६ भदौ २०८३

कम्मरको पेटीमा एक किलो सुन लुकाएर ल्याएका पेम्वा प्रहरी नियन्त्रणमा



पहिलोपोस्ट

कम्मरको पेटीमा एक किलो सुन लुकाएर ल्याएका पेम्वा प्रहरी नियन्त्रणमा
फाइल फोटो

काठमाडौँ: अवैधरुपमा भित्र्याएको सुनसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

महानगरीय प्रहरी वृत्त थानकोटले बुधवार राति रसुवा गोसाईंकुण्ड गाउँपालिका ५ घर भएका ३२ वर्षीय पेम्वा दिण्डुप तामाङलाई पक्राउ गरेको जानकारी दिएको छ। तामाङ धादिङबाट काठमाडौँतर्फ आउँदै गर्दा विशेष सूचनाको आधारमा नागढुंगामा शरीर चेक गर्दा एक किलो सुनसहित पक्राउ परेका हुन्।

प्रहरीले तामाङले पेटी लगाउने स्थानमा कालोटेपले बेरेर राखेको अवस्थामा ४ वटा सुनका टुक्रा फेला पारेको जानकारी दिएको छ। उनी चढेको वा ९ प २७२६ नम्बरको २०० सिसीको मोटसाइकल समेत नियन्त्रणमा लिएको छ।

एक किलो सुनको बजार मूल्य ४५ लाख रुपैयाँभन्दा बढी हुन आउँछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell