PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

नागढुंगाबाट लागुऔषधसहित एक जना पक्राउ



रासस

नागढुंगाबाट लागुऔषधसहित एक जना पक्राउ

काठमाडौँ: नेपाल प्रहरीले चन्द्रागिरि नगरपालिका–२ नागढुंगाबाट लागुऔषधसहित एक जनालाई आज बिहान पक्राउ गरेको छ। महानगरीय प्रहरी प्रभाग नागढुंगाको प्रहरी टोलीले बाराबाट काठमाडौँ आउँदै गरेको ना ५ ख ४१९१ नम्बरको बस जाँच गर्दा लागुऔषधसहित बारा कलैयाका १६ वर्षीय राजु चौधरीलाई पक्राउ गरेको हो।

 प्रभाग प्रमुख इन्स्पेक्टर ज्ञानबहादुर खड्काले पक्राउ चौधरीसँग नुर्फिन ९६ एम्पुल, फेनारगन ९८ एम्पुल र डाइजेपाम ९८ एम्पुल बरामद गरेको जानकारी दिए। पक्राउ चौधरीलाई अनुसन्धानका लागि महानगरीय प्रहरी प्रभाग थानकोट पठाएको नागढुंगा प्रहरीले जनाएको छ।

यसैगरी, प्रभागले बुधबार नेपालगन्जबाट काठमाडौँ आउँदै गरेको ना ८ ख १३६ नम्बरको बस जाँच गर्दा १२१ ग्राम खैरो हिरोइनसहित नेपालगन्जका ५५ वर्षीय अब्दुल सलामलाई पक्राउ गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell