PahiloPost

May 20, 2026 | ६ जेठ २०८३

बैंककमा चिनियाँ र अमेरिकी विदेशमन्त्रीबीच वार्ता हुँदै



पहिलोपोस्ट

बैंककमा चिनियाँ र अमेरिकी विदेशमन्त्रीबीच वार्ता हुँदै
चीनका विदेश मन्त्री वाङ यी

बैंकक: चीन-अमेरिका व्यापार वार्ता आज थाइल्यान्डको राजधानी बैंककमा हुँदै छ। १२ औँ चरणको व्यापार वार्तामा सहभागी हुनका लागि चिनियाँ विदेश मन्त्री वाङ यी र अमेरिकी विदेश मन्त्री माइक पोम्पिओ थाइल्यान्ड पुगेका छन्।

दुई देशबीचको आर्थिक तथा व्यापारिक तनाव बढिरहेका बेला चिनियाँ विदेशमन्त्री यीले दुई देशबीचको आर्थिक सम्बन्ध नयाँ ढंगले अगाडि बढ्ने बताएको चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ।

थाई विदेश मन्त्री डन पर्मुड्विनाईसँग भेटपछि संयुक्त पत्रकार सम्मेलनमा उनले ओसाकामा भएको दुई देशका शीर्ष नेताबीचको सहमति कार्यान्वयनको चरणमा रहेको बताए।

'हामीलाई विश्वास छ, दुई देशबीच समानता र आपसी सम्मानका आधारमा भएका सम्वादहरुले एक अर्काको हित र साझा फाइदाको विन्दुमा पुर्‍याउने छन्। यसले चीन र अमेरिकाको मात्र हित होइन विश्वका अन्य देशहरुको साझा हितलाई पनि सम्बोधन गर्ने छ,' चिनियाँ विदेशमन्त्री यीले भनेका छन्।

उनले चीन अमेरिकाबीचको उच्चस्तरीय आर्थिक तथा व्यापार परामर्शको सुरुवातले नै समस्या जति कठिन भए पनि या जति फरक भए पनि समाधानका लागि सम्वाद अपरिहार्य रहेको प्रमाणित गरेको बताए।

'अनेक भिन्नताका बाबजुद पनि चीन र अमेरिकाबीच साझेदारीका अथाह सम्भावना छन्,' विदेशमन्त्री यीले भनेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell