PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

भोलिदेखि गुँला पर्व सुरु, टोलटोलमा धा: बाजा बजाउने प्रशिक्षण जारी



समर्थ रञ्जित

भोलिदेखि गुँला पर्व सुरु, टोलटोलमा धा: बाजा बजाउने प्रशिक्षण जारी

काठमाडौं: भोलि शुक्रवारदेखि गुँला पर्व शुरु हुँदैछ। नेपाल भाषामा ‘गुँ’ को अर्थ नवौं र ‘ला’ को अर्थ महिना हो। यसरी गुँलाको अर्थ नवौं महिना हो। नेपाल सम्वतको नवौं महिनामा मनाइने भएकाले यो पर्वलाई गुँला पर्व भन्ने गरिएको हो।

हरेक वर्ष साउन शुक्ल प्रतिपदाबाट सुरु हुने यो पर्व एक महिनासम्म चल्छ।

गुँलाका अवसरमा काठमाडौं उपत्यकामा रहेका बौद्ध चैत्य, बहा:बही मन्दिरहरु परिक्रमा गर्ने गरिन्छ। बौद्ध नेवारहरु यस पर्वमा धा: बाजा (गुँला बाजा) बजाउँदै चैत्य परिक्रमा गर्छन्। 

गुँलाबाजामा धिमे, बाँसुरी, खिं लगायतका बाजा बजाउने गरिन्छ।

यसैबीच गुँला पर्वको तयारीमा विभिन्न टोलमा बाजा बजाउन सिकाइँदै छ। काठमाडौंको मरुमा रहेको पिग: ननीमा ताम्राकार गुँला बाजा खल: का सदस्यहरु केही दिनयता गुँला बाजा बजाउन सिकिरहेका छन्। गुँला बाजा बजाउने प्रशिक्षण गुरु स्वतन्त्र ताम्राकारले दिइरहेका छन्।

भोलिदेखि सुरु हुने पर्वमा स्वयम्भू महाचैत्यको परिक्रमा गरिनुका साथै विभिन्न मन्दिर र चैत्य परिक्रमा गरिने बाजा प्रशिक्षक ताम्राकारले बताए।

यस्तै ज्यापू समाज, मानन्धर खल: लगायतले पनि भोलिबाट सुरु हुने गुँला पर्वको लागि तयारी गरिरहेका छन्।

यता, थिमीमा भने दुई दशकपछि ङाकु बाजा बजाएर गुँला पर्व मनाउने तयारी भइरहेको छ।

हेर्नुस ताम्राकार बाजा खल: को प्रशिक्षण भिडियो:



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell