PahiloPost

Sep 8, 2026 | २३ भदौ २०८३

नदीले बगाएर विद्यार्थी बेपत्ता



रासस

नदीले बगाएर विद्यार्थी बेपत्ता

मेलम्ची: सुनकोशी नदीले बगाउँदा बलेफी गाउँपालिका–७ स्थित बालशिक्षा माध्यमिक विद्यालयका एक विद्यार्थी बेपत्ता भएका छन्। विद्यालयको छेउमै रहेको नदीले आज बिहान ९:१५ बजे बगाउँदा कक्षा ७ मा अध्ययनरत विजय नेपाल बेपत्ता भएका हुन्।

प्रहरीले विजयको खोजी गरिरहेको जानकारी दिएको छ। लामोसाँघुस्थित प्रहरी चौकीबाट गएका प्रहरी, विद्यालयका शिक्षक तथा स्थानीय बासिन्दाले सुनकोसीमा बेपत्ता विजयको खोजी गरिरहेका छन्। बल खेलिरहेका बेला बल गुडेर खोलामा खसेपछि उनी बल निकाल्न भनेर खोलामा पसेका थिए। 'खेलिरहेको बल खोलामा खसेपछि झिक्न गएका रहेछन्', विद्यालयका शिक्षक हरेराम नेपालले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell