PahiloPost

Aug 22, 2026 | ६ भदौ २०८३

सदन खुलाउने छलफलकै बीच साउन २० गतेलाई डाकियो संसद



पहिलोपोस्ट

सदन खुलाउने छलफलकै बीच साउन २० गतेलाई डाकियो संसद

काठमाडौं : आजका लागि बोलाइएको प्रतिनिधिसभा बैठक बस्न नसकेपछि साउन २० गतेसम्मका लागि स्थगित गरिएको छ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस तथा अर्को प्रतिपक्षी दल राष्ट्रिय जनता पार्टीले सर्लाहीमा प्रहरीको इन्काउन्टरमा मारिएका भनिएका कुमार पौडेलको मुद्दा उठाउँदै संसद अवरुद्ध गरेका कारण संसद चल्न सकेको छैन। हिजोको बैठकमा झन्डै एक घन्टा प्रतिपक्षी दलहरुले नाराबाजी गरेका कारण संसद आजसम्मका लागि स्थगित भएको थियो।

संघीय संसदका महासचिव मनोहरप्रसाद भट्टराईले बिहीवार सूचना जारी गर्दै २० गते ११ बजे संसद बस्ने जनाएका छन्।

'साउन १६ गते बिहीवार दिनको २ बजे बस्ने गरी निर्धारण गरिएको प्रतिनिधिसभाको बैठक अवरुद्ध सदन सुचारु गर्न दलहरुबीच छलफल जारी रहेकोले बस्न नसक्ने हुँदा प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ६ को उपनियम ३ बमोजिम सम्माननीय सभामुखज्यूले अर्को बैठक २०७६ साल साउन २० गते सोमवार बिहान ११ बजे बस्नेगरी निर्धारण गर्नुभएको व्यहोरा...जानकारोका लागि यो सूचना प्रकाशित गरिएको छ,' सूचनामा भनिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell