काठमाडौं : प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा राष्ट्रिय सहकारी महासंघ र राष्ट्रिय सहकारी बैंकले १० लाख १ हजार १ सय रुपैंया जम्मा गरेका छन् ।
बालुवाटारमा आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई राहत रकमको चेक महासंघका अध्यक्ष केशव वडाल र बैंकका अध्यक्ष केबी उप्रेतीले हस्तान्तरण गरे।
चेक बुझेपछि प्रधानमन्त्री ओलीले विपत्तीमा परेकाहरुलाई उद्दार र पुनर्स्थापनाका लागि सहकारीकर्मीले सहयोग गरेकोमा धन्यवाद दिए। अध्यक्ष वडालले विभिन्न सहकारी संस्था र सहकारीकर्मीबाट रकम संकल गरेर विपत्तीमा परेकाहरुलाई सहयोग गरिएको बताए।